आज:  | Sun, 19, May, 2024

चट्याङ सहित पहाडी भू(भागमा आंशिक मेघ गर्जन र वर्षाको सम्भावना

१२ चैत्र २०७९, आईतवार ०७:४६ मा प्रकाशित ( १ साल अघि) ३५४ पाठक संख्या
नारी बाटिका


काठमाडौं – १२ चेत २०७९

हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) दिउँसो कर्णाली प्रदेशमा आंशिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहने र देशका बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार राति कोशी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा नै रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

नारी वाटिका संवाददाता

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस