
नारी बाटिका
काठमाण्डौ,चैत १९ आइतवार ।
प्रतिनिधिसभा सदस्यको आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागी भोली चैत २० गते सोमबार उम्मेदवारको मनोनयन पत्र दर्ता हुने भएको छ ।
निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्य तालिका अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने भएका छन ।
मङ्सिर ४ गतेको निर्वाचनमा चितवनबाट निर्वाचित रवी लामिछाने नागरिकता सम्बन्धी मुद्धामा सर्वोच्च अदालतको फैसला बाट पदमुक्त भएपछि चितवन क्षेत्र नं.२,राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं. १ मा प्रतिनिधिसभा सदस्यको उप निर्वाचन हुन लागेको हो ।
त्यस्तै उप राष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं. २ का लागि पनि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको निर्वाचन आयोगले जानकारी गराएको छ ।








प्रतिक्रिया दिनुहोस