आज: २०८२ पौष २८, सोमबार | Mon, 12, Jan, 2026

गएराती सिन्धुलीमा भारतीय कार दुर्घटना, चारजनाको मृत्यु

२०७९ चैत्र २९, बुधबार मा प्रकाशित ( २ साल अघि) ७८६६ पटक पढिएको
नारी बाटिका


काठमाडौं २९ चैत  वुधवार ।

कमलामाई नगरपालिका सिन्धुलीको ३ मा भारतीय नम्बर प्लेटको भएको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

उक्त दुर्घटनामा परी तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाईते अवस्थामा सिन्धुली अस्पतालमा एकजनाको उपचारको क्रममा आज बिहान ४ः २० मा मृत्यु भएको हो ।

बीपी राजमार्ग हुँदै काठमाडौं आउँदै गरेको बी आर डीडी ०६८७ नम्बरको कार गएराति साढे १२ बजे कमलामाई स्थित गढी गेट नजिक दुर्घटना भएको प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिनु भएको छ ।

कार करिब ५०० मिटर तल खसेको थियो। मृत्यु भएकाको सनाखत भइनसकेको प्रहरीले जनाएको छ। कारमा पाँच जना सवार थिए। अहिले मृतकको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस