आज:  | Tue, 30, Apr, 2024

जथाभावी वन डढेलोको कारण वायु प्रदूषण बड्यो,तर सरोकारवाला निकाय भने बेखबर

२ बैशाख २०८०, शनिबार २०:२६ मा प्रकाशित ( १ साल अघि) ७९९ पाठक संख्या
नारी बाटिका


धादिङ, वैशाख २ शनिवार ।

यतिवेला जथाभावी वन डढेलोको कारण वायु प्रदूषण ह्वात्तै बडेको छ । तर सरकोकारवाला निकाय भने वेखवर रहेको छ । धादिङ, चितवन, मकवानपुर,तराइ क्षेत्र लगायतका जिल्लाका वनमा केही दिनयता लागेको डढेलोले वायुमण्डल धुँवामय बनेको छ। डढेलोले एकातिर वन विनाश गरेको छ भने अर्को तिर वातावरणलाई नै lप्रदूषित बनाइरहेको छ।  सरकोवारवाला निकाय मध्य डिभिजन वन कार्यलय सम्म घटनाको जानकारी नै आएको छैन भन्ने पाईयो भने अर्को तर्फ स्थानिय वन उपभोत्ता समिती समेत वेखवर रहेको देखिन्छ । केही दिन यता देखि जथाभावी रुपमा लागेको डढेलोले धादिङ सदरमुकाम आसपास क्षेत्र बाक्लो तुवाँलोले ढाँकेको छ।

त्यस्तै चितवन, मकवानपुर जिल्लाहरुको सबै जसो क्षेत्र पनि अहिले धुँवामय भएको छ। धादिङ जिल्लामा पछिल्लो चैत महिनाको ८ गतेसम्म १४१ हेक्टर वनमा आगलागी भएको डिभिजन वन कार्यालय धादिङका सुचना अधिकारी टंक कुमार श्रेष्ठले बताउनु भयो। त्यसयता पछिल्लो समयमा धादिङको धेरै सामुदायिक वनमा डढेलो लागिरहेको छ । गएको विहिवार मात्रै धादिङवेशी संग जोडिएको निलकण्ठ नगरपालिका वडा न.१२ अ‍ैँसेलुगैरा सामुदायिक वनमा आगलागी भएको छ।  उत्त डढेलो सुक्रवार वेलुकी देखि लागी रहेको थियो । उक्त डढेलोले स्थानियवासीको घर नजिक सम्म फैलिएपछी त्यहाँका व्यक्तिहरुले आफ्ना निजी वारीका बोटविरुवा र वाहिर रहेको खानेपानीका पाइपहरु डढाउने त्रासले निजी खानेपानीका धाराबाट पानी छ्यापी घर वरपर नियन्त्रणमा ल्याएको वताएका छन् ।

आँखै अगाडीको वनमा २ दिनसम्म डढेलो लाग्दा उक्त क्षेत्रका वन उपभोक्ता समिती र सम्वन्धित सरकोरवाला निकायलाई भने जानकारी नै नभएको वताएका छन् । यसैगरी ‘धादिङबेसी आसपास, निलकण्ठ नगरपालिका,सिद्धलेक, नौबिसे, गल्छी, बेनिघाट, सल्यानटार लगायतका धेरै क्षेत्रहरुका वनहरुमा डढेलो लागेको पाइएको छ। जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका, निलकण्ठ नगरपालिका ७ सुनौलावजार आसपासका सामुदायिक  वनमा डढेलो लागेको छ।

मानिसको लापारबाही, वन्य जन्तुको शिकार गर्न तथा वनमा आगो लगाएपछि घाँस राम्रो आउँछ भनेर पनि डढेलो लगाउने गरेको केही स्थानिय वासीहरु बताउछन् । वनमा डढेलो लगाएपछि पालुवा पलाउँछ, घाँस पलाउँछ, दाउरा निकाल्न सजिलो हुन्छ भन्ने परम्परागत् सोच भएका मानिसले आगो झोस्ने गरेका छन्, । डढेलोले गर्दा एकातिर सामुदायिक वन विनास भएको छ भने अर्कोतिर डढेलो नियन्त्रणमा कठिनाई हुँदा वायु प्रदूषण बढेको छ ।

यता चितवन जिल्लाको सामुदायिक वन, चितवन राष्ट्रिय निकुञ्ज लगायतको क्षेत्रमा लाग्ने गरेको छ। पहाडी क्षेत्रमा बाटो र बस्ती भन्दा धेरै पर आगो लाग्ने गरेकाले अहिलेकै अवस्थामा ती क्षेत्रमा आगलागी नियन्त्रण गर्न सम्भव नहुँने सामुदायीक वनका प्रतिनिधिको भनाइ छ।

चितवनमा सामुदायिक वन र राष्ट्रिय वनले ठूलो क्षेत्रफल ओगटेको छ। चितवनसंग पर्सा राष्ट्रिय निकुञ्ज र नवलपरासी संग जोडिएको राष्ट्रिय वन पनि जोडिएको छ । हरेक वर्ष फागुन देखि बैशाख सम्म यी क्षेत्रमा आगलागी हुने गरेको छ। विगत वर्षहरुमा पनि चितवनमा पाँच सय हेक्टरमा आगलागी भएकोमा करिब सय हेक्टर क्षेत्रफलमा मात्रै समयमै आगलागी नियन्त्रण लिन सकिएको डिभिजन वन कार्यालयले जनाएको थियो ।

वन डढेलोबाट निउन्त्रण गर्नको लागी सरकारले सुचना सन्देशमुलक सामग्रीहरु प्रसस्तै प्रशारण गरिरहेका भएता पनि कतिपय वनहरुमा जानाजान स्थानियवासीले यसरी वन डढेलो लगाउने क्रम जारी रहेको पाइएको छ । घाँसका लागि मध्यवर्ती क्षेत्रको पर्नेहरुले पालुवाको लोभले आगजनी गर्ने गरेका वनसंग सरोकार राख्ने क्षेत्रले जनाउदै आएका छन्।

बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको सामुदायिक वनहरुमा पनि डढेलो लागेको छ।,हेटौँडा नजिक मकवानपुर गढीका विभिन्न स्थान ,लगायत दर्जन भन्दा बढी वनमा डढेलो लागेको छ। जीवजन्तु र वनस्पतिको वासस्थानका रुपमा रहेको वनमा डढेलो लाग्दा स्थानीयहरुलाई पनि सताएको छ। डढेलो नियन्त्रण नहुँदा हेटौँडा क्षेत्रका घना जंगल माथिको आकाशमा दिन भर बाक्लो धुँवा निरन्तर देखिएको स्थानियवासीहरु वताउछन् ।

जंगलमा आगो लागि रहेकाले आकाश धुँवा नै धुँवाले ढाकेको देखिन्छ। मानिसहरुको आफ्नै लापारबाहीका कारण डढेलोका घटनाहरु भएका छन्। सामुदायिक वनसँग विभिन्न कारणले मनमुटाव रहेका व्यक्तिले रिसले समेत आगो लगाएको पाइएको छ । ‘चरिचरन वा बाली लगाउन जमिन तयार गर्न स्थानीयले सुक्खा मौसममा जंगल आसपास डढेलो लगाउने प्रचलनले आगलागीका घटना बढिरहेको छ ।

डिभिजन वन कार्यलय धादिङका सुचना अधिकारी टंक कुमार श्रेष्ठले डढेलोले गर्ने असरबारे सवै वस्ती वस्तीमा जनचेतना नहुँदा सानो फाइदाका लागि पनि डढेलो लगाउने र जसले गर्दा वातावरणीय क्षति भइरहेको  वताउनु हुन्छ ।’

अहिले धेरैजसो वनमा डढेलो लागेको छ। पहाडी क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न मुस्किल देखिएको छ। अप्ठ्यारो स्थानमा लागेको आगो निभाउन असम्भव जस्तै देखिएकाले तत्काल नियन्त्रणमा आउन सक्ने सम्भावना देखिएको छैन। सामुदायिक वन क्षेत्रमा लागेको आगो नियन्त्रणका लागि कतिपय क्षेत्रमा वन समूहले प्रयास गरे पनि गाउँघरका केही मानिसको मिलेमतोमा दाउरा घाँसको लोभले ढडेलो लगाउने परिपाटी रहेकोले डढलोबाट वन जोगाउन भने सकेका छैनन्।

साथै कतिपय क्षेत्रमा भने वन समिती वन सम्रक्षेणमा कार्य गर्न खुलेका संघसस्थाहरु र सरोकारवाला निकायहरु बेखवर बन्दा विभिन्न वन क्षेत्रमा लागेको डढेलोले आकाशमा धुँवाले ढाक्दा आँखा पोल्ने समस्या समेत देखिएको छ। धुँवाका कारण आँखा पोल्ने, श्वासप्रश्वासमा समेत समस्या उत्पन्न भएको स्थानीय वासीको भनाइ रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस