
नारी बाटिका
काठमाण्डौ ११ वैशाख शोमवार ।
नेपालमा आज एकै दिनमा ११३ जना कोरोनाका संक्रमित थपिएका छन् भने ,७२ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको विवरण अनुसार ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १८ सय १० नमुना परीक्षण गर्दा ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको हो ।
७६६ नमुनाको पीसीआर परीक्षण गर्दा ६४ जनामा र १ हजार ४४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण देखिएको छ । यस सँगै देशभर संक्रमितको संख्या ३६२ पुगेको छ । त्यसोत पछिल्लो २४ घण्टामा ७२ जना संक्रमण मुक्त पनि भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार २९ जना संक्रमतिको संस्थागत आईसोलेसनमा, ४ आईसीयूमा र एक जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।








प्रतिक्रिया दिनुहोस