
नारी बाटिका
मंगलबार १२ वैशाख
चितवन — चितवन २ मा भएको उपनिर्वाचनमा हिजो शोमवार दिउँसो २ बजेदेखि सुरु भएको आज विहान ७ बजेसम्मको मत गणनाको परिणाम अनुसार भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाको ५६ हजार ४९६ मत गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने फराकिलो मतान्तरले अगाडि छन् ।
अब कालिका नगरपालिकाको २१ हजार ७८१ मत गणना गर्न बाँकी रहँदा लामिछाने निकटतम प्रतिस्पर्धी उम्मेदवार जीत नारायण श्रेष्ठ भन्दा ३२ हजार ६१२ मतान्तरले अगाडि रहेका हुन् ।
हालसम्म लामिछानेले ४० हजार ६९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ७ हजार ४५७ मत ल्याएका छन् । तेस्रो नम्बरमा रहेका एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेको ७ हजार २६८ मत आएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का उम्मेदवार जीव लाल पुरीले भने झिनो रुपमा २८३ मत ल्याएका छन् ।
बारा र चितवनमा भने आज सोमबार विहान मात्रै मत गणना कार्य थालिएको थियो । निर्वाचन आयोगका अनुसार मंगलबार सम्ममा सबै क्षेत्रको अन्तिम मत गणनाको नतिजा सार्वजनिक गरिने तयारी भइ रहेको जनाएको छ ।








प्रतिक्रिया दिनुहोस