
नारी बाटिका
काठमाण्डौ २१ वैशाख
नेपालीलाई अमेरिका पठाउने भनी नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा सन्दीपलाई तीन दिनको हिरासतमा राख्न जिलला अदालत काठमाडौँले अनुमती दिएको छ । नक्कली भुटानी शरणार्थी बनायर नेपालीलाई अमेरिका पठाउने कार्यमा संलग्नता भएको आरोपमा पक्राउ परेका सन्दीप रायमाझी लाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा सन्दीपलाई प्रहरीले गएराति बुटवलबाट पक्राउ गरी आज जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि पेस गरेको थियो ।
नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी हुन् । सन्दीप सहित उक्त प्रकरणमा अन्य आठ जना पक्राउ परिसकेका छन् । त्येसैगरी राज्यको पहुँचवाला अर्का ठुलै माछा पूर्व गृह सचिव तथा उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे पनि हिजै पक्राउ परिसकेका छन् ।
उहाँमाथि पनि थप अनुसन्धान चलिरहेको छ । केही समय अघिदेखी अमेरिका पठाउने भन्दै धेरै नेपालीलाई भुटानी शरणार्थी बनाएका मध्य एक बावुछोराले आफुहरु ठगिएको चाल पायपछी यो कुरा प्रहरी समक्ष आएको थियो ।
पिडितहरुले आफु ठगिएको जानकारी पाइ निकै पहिले नै प्रहरी समक्ष उजुरी दिइ सकेका भएतापनि ठुला र पहुँचवाला विरुद्धको केस भएकाले प्रहरीले यस केसलाई अगाडी बढाउन सकिरहेको थिएन ।
अव पछिल्लो अनुसन्धानमा भने यदी कसुर गरेको ठहरिएमा कानुनले कसैलाई नछाड्ने र यस घटनामा थप अन्य पहुँचवाला राज्यको माथिल्ले तहमा रहेका व्यक्तिहरु पनि तानिन सक्ने उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस