आज: २०८३ बैशाख १७, बिहिबार | Thu, 30, Apr, 2026

पछिल्लो २४ घन्टामा कोभिड भाइरसले ७६ जना सङ्क्रमित

२०८० बैशाख २३, शनिबार मा प्रकाशित ( २ साल अघि) ७६७४ पटक पढिएको
नारी बाटिका


काठमाण्डौ २३ वैशाख शनिवार

पछिल्लो २४ घन्टामा ७६ जनामा कोरोना भाइरस सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण देखिएको जनाएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ३७ रहेको छ । जसमध्य संस्थागत आइसोलेसनमा २४ र सघन उपचार कक्षमा १२ जना रहेका छन् । यस्तै, मन्त्रालयले खोप लगाउन छुटेका पाँच वर्षमुनिका सबै बालबालिकाका लागि आइतबार नियमित खोप लगाइने जानकारी दिएको छ ।

देश भरमा रहेका सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार नै १५ महिना भित्रमा बालबालिका लाई अनिवार्य लगाउनु पर्ने नियमित खोप छुटेका पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस