आज:  | Sun, 28, Apr, 2024

प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न सिंहदरबारमा संवैधानिक परिषद्को बैठक शुरु

२५ बैशाख २०८०, सोमबार १९:४१ मा प्रकाशित ( ११ महिना अघि) ३६० पाठक संख्या
नारी बाटिका


काठमाडौं २५ वैशाख शोमवार ।

प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न सिंहदरबारमा संवैधानिक परिषद्को बैठक शुरु भएको छ। प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिषद्‌को बैठक बोलाउनु भएको हो ।

आजको बैठकले प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्ने बताइएको छ । यसअघि वैशाख ६ गते बसेको परिषद्‍को बैठकमा यस विषयमा छलफल भए पनि प्रधानन्यायाधीश नियुक्तिको लागि भने सिफारिश हुन सकेको थिएन ।

विपक्षी दलका नेता एव्ं नेकपा एमालेका अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच परिषद्को बैठक बोलाउने विषयमा शनिबार बिहान सहमति भएको थियो। परिषद्‌को आजको बैठक अघिल्लो बैठककै विषयमा समिक्षा भएको र अन्य नयाँ कार्य सूचीमा केही बताइएको छैन ।

सर्वोच्च अदालत लामो समयदेखि कायम मुकायम प्रधानन्यायाधीशको नेतृत्वमा चलिरहेको अबस्था छ। यसै कारणले प्रधानमन्त्रीलाइ संवैधानिक परिषद्‍लाई प्रधानन्यायाधीश नियुक्ति गर्नु पर्ने दबाब रहेको छ। परिषद्को सिफारिशलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले आन्दोलन गर्दै आएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस