
नारी बाटिका

धादिङ जेठ ८
नेपाल ट्रेडयुनियन काँग्रेस धादिङको सातौ जिल्ला अधिवेशन वेशाख ३१ मा सम्पन्न सम्पन्न भएपछी आइतवार एक समारोहका बिच नव निर्वाचित जिल्ला,प्रदेश र संघिय पदाधिकारीलाई प्रमाण पत्र वितरण गरिएको छ ।

नेपाली काँग्रेस निकट तथा भातृ संगठनको रुपमा काम गर्ने नेपाल ट्रेडयुनियन धादिङको सातौ जिल्ला अधिवेशन भवनाथ अधिकारप्को अध्यक्षतामा सम्पन्न गरी जिल्ला कार्य समितीमा पुर्व शिक्षक धुर्व रिजालको अध्यक्षतामा ,विषयगत संघका ५ उपाध्यक्ष सहित २६ जना चयन भएका छन् ।

त्यस्तै युनियनका क्रियाशिल सदस्यहरुका बिचमा सम्पन्न भएको अधिवेशन बाट वागमती प्रदेश प्रतिनिधीमा खुल्ला तर्फ ४ जना पुरुष र महिला तर्फ २ जना गरी ६ जना चयन भएका छन् भने संघिय प्रिितनिधीमा १ महिला सहित ३ जना चयन भएका हुन् ।

प्रदेश प्रतिनिधीमा पुरुष तर्फ शिवहरी अधिकारी, केदार रिजाल,महिला तर्फ भगवती उप्रेती,भगवती लामिछाने लगायत ६ जना रहेका छन् भने संघिय प्रतिनिधीहरुमा विष्णु अधिकारी,तुलसी प्रशाद अधिकारी र १ महिला प्रतिनिधी रहेका छन् ।

भवनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको सातौं अधिवेशनका निलकण्ठ माविका पुर्व प्रध्यानापक विष्णु सिलवालको संयोजत्वमा ३ सदसिय निर्वाचन कमिटीले निर्वाचन सम्पन्न गरी जेठ ७ गते आइतवारका दिन एक समारोहका बिच नव निर्वाचित प्रतिनिधीहरुलाई प्रमाण पत्र वितरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।









प्रतिक्रिया दिनुहोस