आज: २०८३ बैशाख २९, मंगलबार | Tue, 12, May, 2026

‘हामी सवै बनौं जिम्मेवार, नगरौं जेष्ठ नागरिकलाई दुव्र्यवहार” आज जुन १५ “ज्येष्ठ नागरिक दिवस”मनाइयो

२०८० जेष्ठ ३२, बिहिबार मा प्रकाशित ( २ साल अघि) १४९५४ पटक पढिएको
नारी बाटिका


धादिङ ३२ जेठ विहिवार।

हरेक वर्ष जुन १५ तारिक का दिनलाई जेष्ठ नागरिक दिवशका रुपमा मनाउने गरिन्छ । आज धादिङ पनि ‘हामी सवै बनौं जिम्मेवार, नगरौं जेष्ठ नागरिकलाई दुव्र्यवहार” नाराका साथ जिल्ला प्रहरी कार्यलय अन्तर्रगतको महिला,बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको आयोजनामा ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको दिवस सचेतनामुलक र्यालीका साथ कार्यक्रम गरी मनाईएको छ ।


संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर हरेक वर्ष जुन १५ मा ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको दिवस मनाइने गरिन्छ । ज्येष्ठ नागरिकको सम्मान गर्दै उनीहरूको अनुभव समाजमा प्रयोग गर्नु पर्नेमा जोड दिँदै संयुक्त राष्ट्र सङ्घले सन् २०१२ मा हरेक वर्षको जुन १५ का दिनलाई विश्व ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको सचेतना दिवस मनाउने घोषणा गरेको थियो ।

सोही घोषणा अनुसार नेपालमा पनि हरेक वर्ष आजकै दिन विश्वव्यापी रुपमा यो दिवस मनाउने गरिएको हो । यस वर्ष दिवसको नारा ‘हाम सवै बनौं जिम्मेवार, नगरौं जेष्ठ नागरिकलाई दुव्र्यवहार”भन्ने रहेको छ ।

 

ज्येष्ठ नागरिक जिउँदो इतिहास भए पनि ज्येष्ठ नागरिकहरू दिन–दिनै एक्लिँदै गइरहेको र परिवारका छोरा,छोरी, बुहारी, नाती नातिना तथा आफन्त बाट अपहेलित जीवन बिताउन बाध्य बन्दै गएको सन्दर्भमा दिवसको सान्दर्भिकता थप बढेको राष्ट्रसङ्घले उल्लेख गरेको छ ।

गाउँ गाउँ र बस्ती–बस्ती र परिवारबाट युवाहरू शहर वा विदेशतर्फ पलायन हुनु, देश र समाजका लागि पसिना बगाए पनि बुढेसकालमा स्वास्थ्य सेवा, गाँस, बास, कपासको उपयुक्त प्रबन्ध नहुनु,ज्येष्ठ नागरिकको सवाल राज्य, नागरिक समाज र दातृ निकाय कसैको पनि प्राथमिकताको क्षेत्रमा पर्न नसक्नु जस्ता विभिन्न समस्याबाट ज्येष्ठ नागरिकहरू जेलिएका छन् ।

नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि विभिन्न कार्यक्रम एवं सेवा सुविधा प्रदान गरिरहेको छ । आ.व. ०५२र५३ देखि ज्येष्ठ नागरिकलाई मासिक ‘वृद्धभत्ता’ प्रदान गर्दै आएको छ । नेपालमा ३० लाख भन्दा बढी ज्येष्ठ नागरिक रहेको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यलय अन्तर्रगतको महिला,बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रद्धारा आयोजित कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी वद्री प्रशाद गैरेको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरिक्षक गौतम मिश्रको अध्यक्षतामा भएको ।

सचेतनामुलक र्याली धादिङवेशी  पुछारबजार बाट सुरु भइ सितलबजार  पुगी एक कार्यक्रमका साथ सम्पन्न गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी तथा प्रमुख जिल्ला अधिकारी गैरेले जेष्ठ नागरिकका सेवा,हक हितका लागी राज्यले कानुन् निर्माण गरेको छ ।

कानुनका विषय भन्दा पनि परिवारका सदस्यले आफ्ना वृद्ध आमा बुवा,हजुरबुवा,हजुरमुमाको सेवा,हेरचाह गरी माया ममता,स्याहार सुसार गर्नको लागी हरेक छोराछोरी र बुहारीले बुझुन जरुरी रहेको वताउनु भएको छ ।

कार्यक्रमका अध्यक्ष एवं् प्रहरी उपरिक्षक गौतम मिश्रले परिवार देखी सार्वजनिक स्थान सम्म जेष्ठ नागरिकहरु प्रति दुव्र्यवहार भएमा न्यायको लागी आफु प्रतिवद्ध रहेको वताउनु भएको छ । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधी,पत्रकार,भुतपुुर्व प्रहरी संगठन,सशस्त्र प्रहरी वल लगायतको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस