
नारी बाटिका
काठमाडौं ः असार ४
विगत केही वर्षदेखी रोकिएको राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास चाँडो गर्नको लागी नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आग्रह गर्नु भएको छ ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा ऊर्जा मन्त्रालय लगायतका विनियोजित शीर्षक माथिको छलफलमा सांसद पाण्डेले भारत र बङ्गलादेशलाई विद्युत् बेच्न र भारतसँग समग्र व्यापार घाटा घटाउन यस्ता ठूला आयोजनाका कामलाई गति दिनु पर्नेमा जोड दिनु भएको हो ।
२ खर्ब ६० अर्ब रुपैयाँ लागतको उक्त आयोजना धादिङ र गोरखाको सिमानामा पर्दछ। कूल १ हजार २ सय मेगावाट क्षमताको उत्पादन हुने आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम सकिएको छ ।
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री पाण्डेले मुलुक विद्युत् उत्पादनको महत्वपूर्ण चरणमा पुगेको अवस्थामा उत्पादन, वितरण र बिक्रीको समग्र योजना बनाउन पनि माग गर्नु भएको छ ।
उहाँले ठूला सिँचाइ आयोजना सफल हुन समय लागेकाले साना सिँचाइ आयोजनालाई पनि महत्व दिन र मधेशमा नदी कटानलाई व्यवस्थित गर्न पनि सरकार संग आग्रह गर्नु भएको छ ।








प्रतिक्रिया दिनुहोस