आज: २०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

SEE मा ४.० जिपिए प्राप्त गरी धादिङ बोर्डिङका आदर्श सुवेदी जिल्ला उत्कृष्ट बन्न सफल

२०८० अषाढ २२, शुक्रबार मा प्रकाशित ( ३ साल अघि) १६६०९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डटकम संवाददाता

धादिङ २१ असार

यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४.० जिपीए हाँशिल गरी धादिङ आवासीय माध्यमिक विद्यालयका आदर्श सुवेदी जिल्ला उत्कृष्ट (जिल्ला टपमा पर्न सफल भएको छन् ।

विहीबार प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा धादिङ आवासीय माध्यमिक विद्यालयमा अध्ययन गरेका आदर्श सुवेदीले ४.० जिपिए ल्याउदै जिल्ला उत्कृष्टमा पर्न सफल भएका हुन् ।

उक्त विद्यालयबाट ४१ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । ३.०५ जिपिए देखि ४ जिपिए सम्म प्राप्त गरि सतप्रतिशत विद्यार्थीहरु उतीर्ण भएको विद्यालयका प्रिन्सिपल ईश्वरी प्रसाद पाण्डेले बताउनु भयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑