
नारी बाटिका
काठमाण्डौं, २३ असार ।
२०७९ का माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी विद्यार्थीहरुलाई प्राप्त ग्रेडमा चित्त नबुझेमा पुनर्योगका लागि आवेदन खुल्ला गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना प्रकाशन गर्दै आगामी साउन ५ गते सम्ममा प्राप्त ग्रेडमा चित्त नबुझेमा आवेदन दिन सकिने गरी सुचना प्रकाशन गरेको हो ।
साधारण र प्राविधक तर्फ नियमित तथा ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीले तोकिएको ढाँचा तथा प्रक्रिया बमोजिम पुनर्योग गराउन आवेदन दिन सक्नेछन् ।
सो कार्यका लागि बोर्डको कार्यालय या सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा तोकिएको आवेदन दिन सकिने सुचनामा उल्लेख गरिएको छ । साथै सोका लौगि आवश्यक व्यवस्था मिलाउन सबै एकाइहरुलाई बोर्डले जानकारी गराइसकेको छ ।
कामपाले छात्रवृत्ति परीक्षा लिँदै,
यसै बीच काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षा सञ्चालनको सूचना प्रकाशन गरेको छ ।
महानगरपालिका भित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०र८१ मा छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीहरुले यही असार २८ देखि साउन १२ सम्म अनलाइन आवेदन फारम भर्न सकिने सूचनामा भनिएको छ । त्यस्तै छात्रवृत्तिका लागि आगामी साउन २० गतेका दिन परीक्षा सञ्चालन हुने भएको छ ।








प्रतिक्रिया दिनुहोस