
नारी बाटिका
काठमाडौं,२८ असार ।
काठमाडौं जिल्ला अदालतले अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारहरुलाई आज धरौटीमा रिहा गरेको छ। पक्राउ परेका मरिचमान श्रेष्ठ बल्छी धुर्वे राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई पाँच हजार रुपियाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सट्टेबाजी गराउने वेबसाइटको प्रचारमा संलग्न रहेको आरोपमा बल्छी ध्रुवे र राजु मास्टर सँगै जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई पनि पक्राउ गरेको थियो । उनीहरुलाई विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोग लागेको छ ।
त्यस्तै सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई १० लाख रुपियाँ धरौटी अदालतले मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल भने सम्पर्क विहीन भएका छन् ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले दिनेश खड्का र अनिता धितालले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ र २ बमोजिम कसुर गरेको भन्दै ६४ करोड ९४ लाख २९ हजार ८२० रुपियाँ बिगो मागदाबी समेत गरेको थियो ।








प्रतिक्रिया दिनुहोस