
नारी बाटिका
धादिङ, १२ साउन ।
वागमती प्रदेश भित्र चल्ने सार्वजनिक सवारी साधनमा नयँ भाडादर कायम हुने गरी घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले साउन ११ गते बिहिवारदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेसँगै धादिङ सहित यस प्रदेश भित्र चल्ने सार्वजनिक सवारीको भाडा घटेको हो ।
यात्रुवाहक सवारी साधनमा २०८० जेठ ११ गतेदेखी लागु गरेको भाडादरमा २.३० प्रतिशत भाडा घटी गर्ने,र उक्त भाडादरमा यात्रुले १५ केजी सम्मको सामान भाडा निशुल्क हुने र सो भन्दा बढि १० केजी सम्म प्रति केजी रु ५ का दरले भाडा लाग्ने गरी भाडादर तोकिएको छ ।
आलै घटेको भाडादर अनुसार धादिङबेशी–काठमाडौं सम्मको भाडा २५३ कायम गरिएको छ । ८७ किलोमिटरको दुरीमा रहेको धादिङबेशी–काठमाडौंको भाडा यसअघि २०८० ज्येष्ठ ११ यता २५९ थियो । विहिवारबाट नयाँ भाडादर २५३ कायम भएको हो । यसैगरी काठमाडौं–गल्छी सम्मको भाडा १३६ कायम भएको छ ।
यसैगरी धादिङबेशी–नारायणगढ सम्मको भाडा २९१ कायम भएको छ । ९७ किमि दुरी रहेको धादिङबेशी–नारायणगढको भाडा यसअघि २०८० ज्येष्ठ ११ सम्म २९८ रहेको थियो ।








प्रतिक्रिया दिनुहोस