
नारी बाटिका
धादिङ, १७ साउन ।
पेट्रोल र डिजेलको मुल्य लिटरमा ७ देखी ९ रुपयाँले बृद्धी भई तर खाना पकाउने ग्यासको मुल्य भने घटेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेपछि लागू हुने गरी पेट्रोल लिटरमा ९ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरमा सात रुपैयाँ बढाएको हो ।
तर खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिण्डर एक सय ३० रुपैयाँका दरले घटाएको छ । भारतबाट मूल्य बढेर आएका कारण नेपालमा पनि मुल्य बढाइएको आयल निगमले जानकारी दिएको छ ।अब पेट्रोलको मूल्य प्रति लिटर पहिलो वर्गमा एक सय ७०, दोस्रो वर्गमा एक सय ७२ र तेस्रो वर्गमा एक सय ७३ रुपैयाँ पुगेको छ ।
त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा एक सय ५०, दोस्रोमा एक सय ५२ र तेस्रो वर्गमा एक सय ५३ रुपैयाँ कायम भएको निगमले जनाएको छ । एलपी ग्यासको मूल्य भने प्रति सिलिण्डिर एक हजार ६ सय ६० रुपैयाँमा झरेको छ।
सरकारले यसै महिना देखि पेट्रोलियम पदार्थको भाउमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । स्वचालित मूल्य प्रणाली अनुसार भारतबाट भाउ घटबढ भएर आउने बित्तिकै नेपालमा पनि मुल्य थपघट हुने जनाएको छ ।








प्रतिक्रिया दिनुहोस