
नारी बाटिका
धादिङ, १८ साउन ।
धादिङमा आज एकैदिनमा ६२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पछिल्लो समयमा धादिङमा तिब्रगतिमा फैलिरहेको डेंगु साउन १६ र १७ मा भने केही कमसंख्यामा देखिएको भएता पनि आज बिहीबार एकैदिनमा ६२ जनामा डेंगु संक्रमण पुष्टी भएको हो ।
संक्रमित मध्य नीलकण्ठ नगरपालिकाका ५३ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ४ जना, गंगा जमुना, नेत्रावती डबजोङमा २÷२ जना र सिद्धलेक गाउँपालिकामा १ जना गरी ६२ जना डेंगु पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार साउन महिनामा धादिङका ७२७ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । जसमा ३३८ जना महिला रहेका छन् भने ३८९ जना पुरुष रहेका छन् ।धादिङका कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिकामा मात्रै ६५७ जना संक्रमित भएका छन् ।
जिल्लाको ज्वालामुखी गाउँपालिकामा १९ जना, त्रिपुरासुन्दरीमा ९ जना, गंगाजमुना र सिद्धलेकमा ८र८ जना, खनियाबासमा ७ जना, बेनीघाट रोराङ ६ जना, नेत्रावती डबजोङमा ५ जना, रुवीभ्यालीमा ४ जना, गल्छीमा २ जना र धुनीबेशी नगरपालिकामा १ जना संक्रमित भएका छन् ।








प्रतिक्रिया दिनुहोस