आज: २०८२ पौष २८, सोमबार | Mon, 12, Jan, 2026

ललिता निवास जग्गा प्रकरणका आरोपी माथि अनुसन्धान गर्न तीन दिनको समय थप

२०८० भाद्र ४, सोमबार मा प्रकाशित ( २ साल अघि) ७३४७ पटक पढिएको
नारी बाटिका


काठमाडौँ,४ भदौ ।

ललिता निवास जग्गा प्रकरणका आरोपितहरुलाई न्यायाधीश दीपक ढकालको इजलासको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई थप ३ दिन समय दिएको छ ।

आज काठमाडौँ जिल्ला अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यक्तिहरु माथि अनुसन्धान गर्न थप ३ दिनको समय दिएको हो । सीआइबीले उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरिरहेको थियो।

यस प्रकरणमा केही समय अघि सीआइबीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व सहसचिव सुधिरकुमार शाह, पूर्व सरकारी अधिकारी सहित १८ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ। उक्त प्रकरणमा नाम जोडिएका केही व्यक्तिहरु भने हिरासत बाहिर नै छन्।

अदालतले सिआइबीलाई यही भदौ ९ गते सम्म अनुसन्धान गर्न पाउने समय थप गरेको छ। उक्त प्रहरणमा प्रहरीले आज पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र माधवकुमार नेपालसँग र केही अघि पूर्व मुख्य सचिव लिलामणि पौड्यालसँग पनि बयान लिएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस