आज: २०८३ बैशाख ११, शुक्रबार | Fri, 24, Apr, 2026

तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आए एमालेले स्वागत गर्ने : अध्यक्ष ओली

२०८० भाद्र १०, आईतबार मा प्रकाशित ( २ साल अघि) १४०७७ पटक पढिएको
नारी बाटिका


काठमाडौं, १० भदौ ।

तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा आउन चाहे एमालेले स्वागत गर्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ । (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीेले राजनीतिमा आउन चाहेमा एमालेले स्वागत गरी पार्टीमा जिम्मेवारी दिने बताउनु भएको हो।

आईतवार नेकपा एमालेले आयोजना गरेको कोशी प्रदेश समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले पूर्व राष्ट्रपति भण्डारी राजनीतिमा आउन चाहे कसैले पनि रोक्न र छेक्न नसक्ने बताउनु भयो ।
उहाँले राजनीति गर्छु भन्दा हामी उहाँलाई निषेध गर्दैनौं । उहाँ आएर हाम्रो नेतृत्व गरे ठीक छ । उहाँलाई सधै वेलकम छ,’ अध्यक्ष ओलीले भन्नु भयो ।
पूर्व राष्ट्रपति भण्डारीलाई एमाले नेताहरूले भेट्दैमा अनावश्यक हल्ला चलाउनु र टिका टिप्पणी गर्नु राम्रो नभएको ओलीले बताउनु भएको हो।

पार्टीको पूर्व उपाध्यक्ष भएकाले भण्डारीलाई केही नेताले भेट्नु ठूलो कुरा नभएको उहाँले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस