
नारी बाटिका
धादिङ,१५ भदौ ।
धादिङको बुढिगण्डकी नदिमा पौडी खेल्ने क्रममा एक शिक्षकको डुबेर बेपत्ता भएका छन् । धादिङ जिल्ला त्रिपुरासुन्दरी १ नर्सिङधाम बुढिगण्डकी नदिले बगाउदा धादिङमा एक जना शिक्षक बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ का बासु तिमल्सिना बुढिगण्डकी नदीमा डुबेर आज बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय धादिङको प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिनु भयो ।
बेपत्ता भएका शिक्षक नीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित पञ्चकन्या माध्यामिक विद्यालयका शिक्षक तिमल्सिना विद्यालयको विद्याको दिन साथि सँग नरसिंह धाममा दर्शन गर्न भनी जानु भएको थियो ।
पौडी खेल्दै साथीहरुसँग पालैपालो भिडियो बनाउँदै गर्दा एक्कासी नदीमा डुबेर बेपत्ता हुनु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको हो । बुढिगण्डकी नदिमा बेपत्ता भएका तिमल्सिनाको खोजी कार्य भईरहेको प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिनु भयो ।








प्रतिक्रिया दिनुहोस