
नारी बाटिका
धादिङ,३ असोज
असोज ३ गते हरेक वर्ष आजको दिनलाई संविधान दिवसका रुपमा मनाउने गरिन्छ । साथै वुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँ रहेको छ । त्यस्तै यस दिन देशभरका सरकारी तथा निजी कार्यालय, विदेश स्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघ संस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाई रहेका छन् ।
यसै दिवसको अवसरमा आज धादिङमा प्रभातफेरी सहित अन्तरक्रिया कार्यक्रम सन्चालन भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नु भएको थियो ।
संघीय लोकतान्त्रिक गणतन्त्र संविधान निर्माण भएर कार्यान्वयनमा आएको आजका पदनबाट आठ वर्ष पूरा भएको छ । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग तीन सय ८ धारा र ९ अनुसूची छन् ।








प्रतिक्रिया दिनुहोस