
नारी बाटिका
भगवती उप्रेती
नारी वाटिका संमचारदाता
काठमाडौं, १३ असोज ।
आज बाट सोह्र श्राद्ध शुरु भयो अर्थात् पितृपक्ष प्रतिपदा र द्वितीया श्राद्ध एकैदिन पर्न गएको छ । आफना आमा बावु नहुने तथा आमा वा बावु मध्यका एकजना नहुनेले पनि आज सुरु भएको सोह्र श्राद्ध बार्ने गर्दछन् । पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृ पक्षका रूपमा मनाउँने गर्दछन्। औँसी अर्थात् पर्वमा गरिने श्राद्धको तिथी भएकाले यसलाई पार्वण श्राद्ध पनि भनन्ने गरिन्छ ।
आमाबाबु नहुनेले यो १६ दिनका अबधीभरी नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्ने गर्छन्। तिथिमै गर्न नसके भने यसै १६ दिनको अन्तिम दिन औँसीमा श्राद्ध गर्ने परम्परा छ । यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथि समेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्र श्राद्ध भनिएको धर्मशास्त्री डा. रामचन्द्र गौतमले बताउनु भयो ।
भाद्र शुक्ल पूर्णिमादेखि आश्विन कृष्ण औंसी वा आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका तिथिलाई लिएर सोह्र दिन पुर्याइन्छ। यस १६ तिथि मध्येका आफ्ना पितृ दिवंगत भएको एक तिथिमा श्राद्ध गर्ने परम्परा चलि आएकोछ। आफुना अभिभावक मृत्यु भएको तिथिमा गरिने वार्षिक श्राद्धमा एक जनालाई मात्र पिण्ड दिइन्थ्यो भने यस सोह्रश्राद्धमा पिता (बुबा) तर्फका तीन र माता(आमा) तर्फका तीन पुस्तालाई मिण्ड तर्पण दिई सम्झिइने गरिन्छ ।
यस १६ दिनको अवधीमा गरिने श्राद्ध अपराह्नमा गर्नु पर्ने धार्मिक विधान छ । पञ्चांग निर्णायक विकास समितिबाट स्वीकृति प्राप्त पात्रोमा शनिबार प्रतिपदा तिथि २० घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५९ मिनेटसम्म छ। पञ्चांग अनुसार प्रतिपदा र द्वितीयाका श्राद्ध एकैदिन परेको छ । यस वर्ष तिथि घटबढ भएको हुँदा प्रतिपदा र द्वितीया श्राद्ध एकैदिन परेको समितिका अध्यक्ष प्रा.श्री कृष्ण अधिकारीले बताउनु भयो ।
आजबाट सोह्रश्राद्ध लागेसँगै काठमाडौंको वागमती, गोकर्णेश्वर र शंखमूल, चितवनको देवघाट, नुवाकोटको वेत्रावती लगायतका नदी किनारमा श्राद्ध, तर्पण गर्ने भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । आजको तिथी बाट सुरु भएको सोह्रश्राद्ध यसै महिनाको असोज २७ गते शनिबार नै पूरा हुनेछ ।








प्रतिक्रिया दिनुहोस