आज: २०८२ पौष २७, आईतबार | Sun, 11, Jan, 2026

चाडपर्वको मुखमा पेट्रोलियम पदार्थ लगायतको सर्व साधारणको ढाड सेकिने गरी बजारमा मूल्यवृद्धि

२०८० आश्विन १४, आईतबार मा प्रकाशित ( २ साल अघि) १०८५३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौं, १४ असोज ।

नेपाल आयलनिगमले चाडपर्वको मुखमा आएर पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपालीहरुको मुख्य चाडपर्व दशैं,तिहार,छटी पर्व मुखमै आई रहेको बेला नेपाल आयलनिगमलै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा सर्व साधारणहरुलाई यातायातको क्षेत्रमा ढाड सेकिने अबस्था देखिएको छ ।

विशेष गरी दशैं तिहारको बेला रोजगारीको लागी आफ्ना घर परिवारबाट टाढा रहेकाहरु चाडपर्व मनाउन घर घर जान आउनको लागी गाडी भाडाले नेपालीको ढाड सेकिने गरी आयलनिगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको देखिएको छ ।

यतिबेला पेट्रोलियम पदार्थको मात्रै हैन बजारमा खाद्यान्न,तरकारी,लगायत सम्पुर्ण सामानको भाउ बढेर छोई नसक्नु भएको छ । पछिल्लो समयमा सर्वसाधारणले बेरोजगार,काम नपाउने,ब्यपार व्यवशाय ठप्प ,र आम्दानीको स्रोत नहुनाले बिहान बेलुकीको छाक टार्न र दैनिक गुजारा गर्नमा कठिन बनि रहेको बेला बजार भाउ दिन प्रतिदिन आकासियको छ ।

सरकारको आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले चाडबाडको बेलामा मूल्यवृद्धि गर्नु अनुचित भएको भन्दै निगमलाई फिर्ता लिन निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनु भयो ।

निगमले गए राति पेट्रोलियम पदार्थको भाउ बढाएपछि चौतर्फी विरोध भइरहेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको जनाएको छ । निगमले पेट्रोल लिटरमा दुई रुपैयाँ र डिजल तथा मट्टीतेल लिटरमा छ रुपैयाँले बढाएको थियो । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर दुई सय १५ रुपैयाँले बढाएको थियो ।

निगमले हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर आठ रुपैयाँले बढाएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस