
नारी बाटिका
तस्वीर : अनलाईन साभार
नारी वाटिका संवाददाता
विराटनगर,२५ असोज ।
विहिबार दुर्गा प्रसाईंका पक्षधरहरुले एमाले कार्यकर्ताका गाडी तोडफोड गरेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका पक्षधरहरुले आज झापामा एमाले कार्यकर्ताका गाडी माथि आगजानी तथा तोडफोड गरेका हुन् ।
केही दिनअघि एमालेका कार्यकर्ताहरुले प्रसाईंमाथि काठमाडौंमा गरेको आक्रमणको बदला लिन आज उनीहरूले महेश बस्नेतको एक कार्यक्रममा आक्रमण गरिएको स्रोतको भनाई रहेको छ । झापामा आयोजित एक कार्यक्रममा बस्नेत सहभागी भएका थिए । सोही कार्यक्रममा एमाले कार्यकर्ताको गाडी प्रसाईं र पहिचानवादी समूहले तोडफोड गरेका जनाइएको छ ।
कार्यक्रममा सहभागी हुन झापा पुगेका नेकपा एमालेका नेता बस्नेतका कार्यकर्ताहरु सवार गाडीमा बिहीबार झापाको अर्जुन धारामा ढुंगामुडा प्रहार गरी फुटाइएको हो । एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रम चलिरहेका वेला पार्किङमा राखिएको गाडी फुटाइएको थियो ।
दुर्गा प्रसाईं समर्थकले पहिचानवादी समुहसंग मिलेर राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन स्थलका गाडी तोडफोड गरिदिएका हुन्। साथै उनिहरुले बस्नेत सहभागी कार्यक्रममा अवरोध गर्ने प्रयास समेत गरिएको थियो । गाडी फुटाउने समूहको अगुवाइ गर्ने दुर्गा प्रसाईंका समर्थक विक्रम सुब्बा पक्राउ परेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस