
नारी बाटिका
धादिङ,२८ असोज ।
आईतबार धादिङबेशी बाट गंगाजमुना रि जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ । आज बिहान अन्दाजी ११ः३० बजेको समयमा भे १ ज २६६९ नं। को जीप गङ्गाजमुना गाउँपालिका वडा नं. ४ सातदोबाटोमा एक्कासी पल्टेर दुर्घट्ना भएको हो ।
दुर्घटना भएको जीपमा सवार १७ जना यात्रु मध्ये गङ्गाजमुना गाउँपालिका वडा नं. २ ठेगना भएका अन्दाजी १५ वर्षको बालक घट्ना स्थलमै मृत्यु भएको थियो । जीपमा सवार २ जना सानो बच्चा सहित ५ जना सामान्य घाईते भई स्थानीय स्वास्थ्य चौकीमा प्राथामिक उपचार भईरहेको छ । जीपमा सवार अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना पछि जीप चालकलाई ईलाका प्रहरी कार्यालय, फुलखर्कले नियन्त्रणमा लिएको थियो । अहिले मृतकको पोष्टमार्टमको लागि जिल्ला अस्पताल धादिङमा ल्याउने तयारी भईरहेको छ । साथै घट्नास्थलमा नेपाल प्रहरी, गङ्गाजमुना गाउँप्रहरी, वडा अध्यक्ष तथा स्थानीय नागरिक सहितको टोलीले समन्वय भैरहेको बताईएको छ ।
उक्त सवारी दुर्घटनाको कारण उकालोमा ब्रेक फेल भएर भएको स्थानियहरुले बताएका छन् । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस