
नारी बाटिका
काठमाडौँ,१९ कात्तिक।
सरकारले गएको सुक्रबार मध्यरातमा जाजरकोट भुकम्प घटनामा परी बिछिप्त भएका घाइतेहरुको निःशुल्क उपचार गर्ने गर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको हो ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँका अस्पताल लगायतका सबै ठाउँका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेतले पत्रकारलाई जानकारी दिनु भयो ।
बस्नेतले वितेको ८ वर्ष अगाडी गोरखा वार्पाकलाई केन्दबिन्दु बनायर गरिएको भूकम्पपछि राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारी रुपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न लागिएको बताउनु भएको छ ।
यतिबेला देशभित्रबाट तथा छिमेकी देश एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्ने बारेमा थप छलफल गरी निर्णय गरिने समेत जानकारी दिनु भयो ।








प्रतिक्रिया दिनुहोस