
नारी बाटिका
काठमाडौं,०१ मंसिर ।
आज बाँकेमा गोली चलेको छ । बाँके जिल्लाको जानकी गाउँपालिकामा आज प्रहरीले बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश रानामाथि गोली चलाएको हो ।
फरार रहेका आकाशलाई प्रहरीको खोजी सुचीमा थिए । उनिलाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएर नियन्त्रणमा लिइएको प्रहरीले बताइएको छ । कार्तिक ३० गते बिहान कोहलपुर स्थित चप्परगौडीमा आकाश राना सहितका युवाहरूले मीन बहादुर बिकलाई आक्रमण गरेका थिए ।
रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन् । हाल रानालाई उपचारको लागी भारतको लखनउमा पठाइएको छ ।खुकुरी प्रहारमा संलग्न भएका समुहलाई खोज्दै प्रहरी शुक्रवार जानकारी गाउँपालिका–४ स्थित खुद्रा खजुरामा पुगेको थिए ।
प्रहरीलाई देखेपछि आकाश राना भागेकाले गोली चलाएर नियन्त्रणमा लिएको एसपी सुवासचन्द्र बोहराले जानकारी दिनु भएको छ । रानाको दायाँ खुट्टामा गोली लागेको छ । कार्तिक २८ मा कोहलपुर नगरपालिका–११ मा आकाश रानाले एक महिलालाई करणी प्रयास समेत गरेको आरोप छ । उनी लागु औषध मुद्दामा ५ वर्ष जेल बसेर निस्केका व्यक्ति हुन् । २०७४ देखी ०७९ सम्म राना नेपालगन्ज कारागारमा थुनामा बसेका हुन् ।








प्रतिक्रिया दिनुहोस