
२०८० मंसिर ८ ।
अहिले भर्खरै दशरथचन्द राजमार्ग बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुंदा ३ जना घाइते भएका छन् । दशरथचन्द नगरपालिका–१ श्रीखण्डबाट सुर्नया गाउँपालिका–२ को पत्ताल भुवनेश्वर धामतर्फ बिहेको जन्ती बोकेर आउँदै गरेको से १ ज ६८७ नम्बरको जिप बैतडीको सुर्नया गाउँपालिका–२ को स्वागैरा भन्ने स्थातमा दुर्घटनामा परेको हो।
उक्त दुर्घटनामा परी ३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइते हुनेहरुमा दशरथचन्द नगरपालिका–१ का १५ वर्षीया डम्बरी भट्ट, सोही ठाउँ घर भएकी १५ वर्षीया पूजा भट्ट र १२ वर्षीय शुसिल भट्ट रहेका छन् ।
अहिले घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। उक्त घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकको छ ।












प्रतिक्रिया दिनुहोस