आज:  | Sun, 19, May, 2024

 स्तन क्यान्सरका बिरामीलाई १ लाख बराबरको खर्च लाग्ने औषधि पाटन अस्पतालले निःशुल्क उपलव्ध

१९ मंसिर २०८०, मंगलवार १९:०७ मा प्रकाशित ( ५ महिना अघि) ४८३ पाठक संख्या
नारी बाटिका


ललितपुर- १९ मंसिर ।

स्तन क्यान्सरका बिरामीलाई महिनामा १ लाख बराबरको खर्च लाग्ने औषधि पाटन अस्पतालले निःशुल्क उपलव्ध गराउने भएको छ । ललितपुर जिल्लामा रहेको महिलाको स्वास्थ्य सम्वन्धि नेपालकै प्रतिष्ठित अस्पताल मध्यको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालले महिलाको स्वास्थ्य समस्थाको रुपमा देखिने स्तन क्यान्सर सम्बन्धी औषधि निःशुल्क वितरण गर्ने भएको हो ।

स्तन क्यान्सर,मेटास्टेटिक अवस्था अर्थात् (चौथो स्टेज) को हर्मोन पोजेटिभ भएका विरामीका लागि राइबोसिक्लिव र लेट्रोजोल ट्याबलेट निःशुल्क उपलब्ध गराइने सोही अस्पतालका अङ्को लोजिष्ट डा अरुण शाहीले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार निःशुल्क वितरण गरिने औषधि मेटास्टेटिक अवस्थामा पुगेका बिरामीका लागि अत्यन्तै सहज र प्रभावकारी हुन्छ। उहाँ भन्नु हुन्छ , ‘अमेरिकामा पहिलो रोजाइमा पर्ने यो औषधि विश्वस्तरीय ब्राण्ड हो र यसले यूएसएफडीए मान्यता समेत पाएको बताउनु भयो ।’

म्याक्सले पाटनमा वितरण गरेका अरु क्यान्सरका औषधि चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट समेत निःशुल्क उपलब्ध हुने गरे पनि पछिल्लो पटक आएको स्तन क्यान्सरको यो औषधि पाटन अस्पतालबाट मात्र निःशुल्क वितरण हुने गरेको जानकारी दिनु भयो ।

डा शाहीका भन्नु हुन्छ स्तनको क्यान्सर भएका बिरामी महिलाले यो औषधि महिनामा २१ दिन प्रयोग गर्नु पर्ने हुन्छ र त्यसको खर्च १ लाख रुपैयाँ भन्दा बढी पर्दछ । पाटन अस्पतालको यस उत्तम कार्यले आर्थिक अवस्था कमजोर भई जो महिलाको स्तन क्यान्सर लागेर आर्थिक अभावका कारण उपचार नपाएर समस्या भोगिरहेका महिलाका लागी अत्यन्तै सहज हुने देखिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%२%

प्रतिक्रिया दिनुहोस