आज: २०८२ पौष ५, शनिबार | Sat, 20, Dec, 2025

जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा सन्दिप लामिछानेलाई दोषी ठहर गर्यो

२०८० पौष १४, शनिबार मा प्रकाशित ( १ साल अघि) १२७२८ पटक पढिएको
नारी बाटिका


काठमाडौं १४ पुस ।

जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कार मुद्दामा क्रिकेटर सन्दिप लामिछानेलाई दोषी ठहर गरिदिएको छ । नाबालिक बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई सुक्रबारको आदेशबाट दोषी ठहर भएका हुन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई नाबालिका बलात्कार आरोपमा दोषी ठहर भएको आदेश फैसला सुनाएको हो ।

पुस २५ गते पेशी तोकि बलात्कारको कसुर निर्धारण गरिएको छ। कानुन अनुसार फौजदारी मुद्दामा दोषी ठहर गर्दै कति वर्ष जेल सजाय वा जरिवाना भन्ने विषयमा कसुर निर्धारणका लागि पछि इजलासमा पेश गर्ने व्यवस्था छ।

गत वर्षको भदौ २१ गते काठमाडौंस्थित प्रहरी वृत्त गौशालामा नाबालिगमाथि बलात्कार गरेको उजुरी परेको थियो। लामिछाने विरुद्ध २०७९ कात्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा जबर्जस्तीकरणी मुद्दा दर्ता भएको थियो। मुद्दामा कात्तिक १५ मा पहिलो पेसी चढेको थियो।

लामिछानेलाई गत कात्तिक १८ मा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका थिए। त्यसयता लामिछाने करिब तीन महिना थुनामा बसेका छन्। थुनामा पठाउने जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए। उनको मागबमोजिम उच्च अदालत पाटनले ससर्त धरौटीमा छोड्न आदेश दिएको थियो ।

त्यसपछी २०७९ पुस २८ मा उच्च अदालत पाटनले शन्दीपलाई २० लाख धरौटीमा छाड्ने आदेश गरेको थियो। त्यसपछी आदेश विरुद्ध महान्यायाधिवक्ता कार्यालयले थुनामा राख्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गरेको थियो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी भएकाले विदेश जान रोक लगाउने भन्ने उच्च अदालतको आदेश सर्वोच्चले बदर गरि दियो । लामिछानेले त्यसयता नेपाली क्रिकेट टोलीबाट विभिन्न देशमा आयोजित खेलमा सहभागी हुँदै आएका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%६%१%

प्रतिक्रिया दिनुहोस