
नारी बाटिका
काठमाडौँ २० माघ ।
अहिले राजीनामा दिएको छु, बाँकी कुरा पछी खुलाउने भन्दै त्रिभुवन विमानस्थलका सुरक्षा प्रमख डिआईजी अर्जुन चन्दले राजिनामा दिनु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक चन्दले पदबाट राजीनामा दिएको बताउनु भएको छ ।
उहाँले तर अहिले सुरक्षाकर्मीमाथी अन्याय भएको आदी केही खुलाउनु भएको छैन । व्यक्तिगत कारणले आफूले राजीनामा दिएको प्रहरी नायब महानिरीक्षक चन्दले जानकारी दिनु भएको छ । उहाँले भन्नु भयो, “मैले मेरो व्यक्तिगत कारणले शुक्रबार राजीनामा दिएको छु, बाँकी अहिले म केही पनि भन्दिनँ।”
विमानस्थलको सुरक्षा र चेक जाँचको विषयलाई लिएर केही समय अगाडी अध्यागमनका कर्मचारी र सुरक्षा कर्मीकाबिचमा हात हालाहाल भएको थियो । कर्मचारीको गल्ति देखिएर पनि सुरक्षा निकायप्रति सरकार उदासिन देखिएको भन्दै यतिबेला चौतर्फी रुपमा सरकारको आलोचना भैईरहेको छ ।
यस्तो अबस्थामा विमानस्थलकै सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषयले हेरिएको छ । चन्दको उमेर हदको सेवाअवधि आगामी २०८१ चैत मसान्त सम्म रहेको थियो ।








प्रतिक्रिया दिनुहोस