
नारी बाटिका
काठमाडौँ २८ माघ ।
काठमाडौँ ललितपुरस्थित एक घरमा दुई बच्चा अचेत फेला परेका थिए भने ४ तलाबाट हाम्फालेकी आमा गम्भीर घाईते भेटिएको छ । ललितपुर जिल्लाको इमाडोलस्थित एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ।
महालक्ष्मी नगरपालिका ४ इमाडोलस्थित घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनु भयो ।
मृत्यु हुनेमा ६ वर्षीय बालक र दुई वर्षीया बालिका रहेको बताउनु भयो । उनीहरुकी आमा भने घरको ४ तलाबाट हाम्फालेकी थिईन् । उनी गम्भीर घाईते रहेको पनि प्रवत्ता कार्कीले बताउनु भयो ।
सो घरको ४ तलाबाट हाम्फाल्ने रविना महर्जन रहेको प्रहरीले जनाएको छ। महर्जनको किष्ट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
आमा हाम्फालेर गम्भिर घाईते र घरभित्र दुई बच्चा अचेत भेटिएपछि प्रहरीले अस्पताल लगिएको थियो। उनीहरुको केही बेरमै मृत्यु भएको अस्पतालले पुष्टी गरेको थियो । घटना के कसरी कारणले घट्यो यसको पुष्टी भने भएको छैन। बच्चाको हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ।








प्रतिक्रिया दिनुहोस