
नारी बाटिका
काठमाडौँ १५ फागुन ।
आफु कार्यरत रहँदा बैकबाट लगानी गरिएको कर्जा प्रवाहमा अनियमितता गरेकोले मनोज न्यौपाने पक्राउ परेका छन । प्रभु बैंकका डेपुटी सीईओ न्यौपानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज पक्राउ गरेको हो ।
न्यौपानेले तत्कालीन सेन्चुरी कमर्सियल बैंकमा सीईओको रुपमा कार्यरत हुंदा कर्जा प्रवाहमा कमजोरी गरेको पाइएकाले उनलाई पक्राउ गरेको जनाएको छ।
यसैगरी पक्राउ पर्नेमा न्यौपाने सहित १० जनालाई सीआईबीको टोलिले विभिन्न स्थानबाट आजै पक्राउ गरेको हो।
न्यौपाने सँगै सेन्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतम पनि पक्राउ परेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बताएको छ।








प्रतिक्रिया दिनुहोस