
नारी बाटिका
धादिङ २५ फागुन ।
लागु औषध (चरेश ) सहित धादिङमा २ व्यक्ति पक्राउ परेका छन् । आज बिहान अ. ८ बजेतिर धादिङ जिल्ला गजुरी गाउँपालिका ५ माने भन्ज्याङ स्थित बाट मलेखु तर्फ जादै गरेको बा।प्र।०२(०३० प ७०२५ नं।को मोटरसाईकलमा शंका लागि चेकजाँच गर्दा लागु औषध चरेश फेला परेको हो ।
ई(प्र.का.गजुरीबाट खटि गएको प्रहरी टोलीले उक्त मोटरसाईकललाई सोही स्थानबाट पिछा गर्दै जाने क्रममा जिल्ला धादिङ गजुरी गाउँपालिका २ मलेखु उक्त मोटरसाईकललाई नियन्त्रणमा लिई चेकजाँच गर्दा कालो झोला भित्र ३ वटा घिउको बट्टामा ४ के।जि ५३५ ग्राम चरेश जस्तो देखिने आगु औषध भेटिएको थियो ।
पक्राउ परेकाहरुको साथबाट लागु औषध र रु ३०,००० (तीस हजार) नगद बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद भएको मोटरसाइकल र चालक धादिङ गजुरी गाउँपालिका ४ बस्ने ३६ को विजय प्रजा रहेका छन् । साथै उक्त मोटरसाइकलको पछाडी सवार ऐ, बस्ने बर्ष ३२ को सुरज तामाङ रहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रवक्त तथा डिएसपी सन्तुलाल प्रशाद जैसवारले जानकारी दिनु भयो ।
पक्राउ परेका दुबैज़ना ब्यक्तीहरुको आबश्यक अनुसन्धान तथा कारबाहीको लागि ल्याइएको जि.प्र.का.धादिङमा ल्याइएको बताइएको छ ।








प्रतिक्रिया दिनुहोस