
नारी बाटिका
काठमाडौं, २ चैत ।
धादिङका पूर्णबहादुर गुरुङ सहित रुसी सेनामा सेनामा गएका,थप सातजना नेपालीको मृत्यु भएको छ । यससंगै मृत्यु हुन नेपालीको संख्या २२ पुगेको छ । अवैध रुपमा नेपालबाट गइ रूसी सेनामा भर्ना भएर मृत्यु हुने नेपालीको संख्या २२ पुगेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
बिहिबार परराष्ट्रमन्त्रालयले थप सातजनाको मृत्यु भएको पुष्टि गरेसँगै मृत्यु हुनेको संख्या २२ जना पुगेको हो । हिजो परराष्ट्र मन्त्रालयबाट प्रकाशित विज्ञप्तीमा उल्लेख गरिए अनुसार पछिल्लो पटक मृत्यु हुने सात जना मध्य धादिङका पूर्णबहादुर गुरुङ, समेत रहेका छन् ।
यसैगरी मृत्यु हुनेमा जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवा घर भएका सुन्दर मोक्तान रहनु छन् ।
यसअघि नै रुसी सेनामा गइ १४ जनाको भने मृत्यु भएको सरकारले पुष्टि गरिसकेको थियो ।








प्रतिक्रिया दिनुहोस