आज: २०८३ आश्विन १८, आईतबार | Sun, 04, Oct, 2026

धनगढीको जंगलमा प्रहरी जवान मृत फेला

२०८० चैत्र २२, बिहिबार मा प्रकाशित ( २ साल अघि) १५८०० पटक पढिएको
नारी बाटिका


काठमाडौं २२ चैत ।

बुधबार साँझ धनगढीको जंगलमा प्रहरी जवान मृत फेला परेका छन् । दार्चुलाको शैल्यशिखर ९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरज विक धनगढी उपमहानगरपालिका ७ स्थित मनेहरा सामुदायिक वनमा मृत भेटिएका हुन्।

प्रहरी विक बुधबार साँझ जामुनको रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनले बझाङबाट बिदा लिएर परिवारलाई धनगढी आएको बताएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस


↑