आज: २०८२ चैत्र १, आईतबार | Sun, 15, Mar, 2026

चरिकोटमा होस्टेलको ५ तलाबाट हाम फालेर युवतीको मृत्यु

२०८० चैत्र २३, शुक्रबार मा प्रकाशित ( १ साल अघि) ६०९४ पटक पढिएको
नारी बाटिका


दोलखा – २३ चैत ।

चरिकोटको एक होस्टेलमा ५ तलाबाट हाम फालेर युवतीको मृत्यु भएको छ । दोलखा जिल्लाको चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत एक युवतीले होस्टेलको ५ तलाबाट हाम फालेर उनको मृत्यु भएको हो।

बिहीबार दोलखा सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङको पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेकी थिइन्।

नर्सिङ अध्ययनको लागी उक्त होस्टलमा बस्दै आएकी अधिकारीले ५ तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएपछी गएराति ‍अ.११ बजे  भक्तपुरको मध्यपुर अस्पताल ल्याईएको थियो ।

उपचारका क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिनु भयो।

पोखरा घर भएकी अधिकारी केही दिनअघि विदामा घर गएकी थिईन् भने बुधबार मात्रै उनी चरिकोट फर्किएकी थिइन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस