आज: २०८२ श्रावण ३१, शनिबार | Sat, 16, Aug, 2025

काभ्रेमा करोडौँको मुल्य पर्ने बुद्धचित्त बोट काटियो, सकेट बम फेला

२०८० चैत्र ३०, शुक्रबार मा प्रकाशित ( १ साल अघि) ८०१४ पटक पढिएको
नारी बाटिका


काभ्रे ३० चैत ।

काभ्रेमा करोडौँको मुल्य पर्ने बुद्धचित्तको बोट काटिएको छ । काभ्रेको रोशी–५ नागबेलीस्थित ठकुरानी तामाङको घरमा रहेको करोडौँको मुल्य पर्ने बुद्धचित्तको रुख अज्ञात समूहद्वारा काटिएको हो।

ैघटनाको जानकारी प्राप्त हुनसाथ उक्त स्थानमा प्रहरी टोली पुगेको थियो । बुद्धचित्त काटेकै स्थानमा चार थान सकेट बम भेटिएको काभ्रे प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा खटिई गएको थियो ।

सो घटना बारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी र सेनाको टोली घटनास्थलमा रहेको बम निष्क्रिय गर्न पुगेको जनाइएको छ। बुद्धचित्त मालाको बोट अपरिचित समूह आई काटेको हो।

बोट काटिएको स्थानमै, घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम राखिएको र सो नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको प्रहरीको भनाइ छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस