आज: २०८२ फागुन १३, बुधबार | Wed, 25, Feb, 2026

इजरायलमा नेपालीहरुलाई अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन नेपाली दूतावासको आग्रह

२०८१ बैशाख २, आईतबार मा प्रकाशित ( १ साल अघि) ६८५२ पटक पढिएको
नारी बाटिका


काठमाडौँ -२ वैशाख ।

इजरायलमा रहेका नेपालीहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन नेपाली दूतावासले आग्रह गरेको छ । इजरायल माथि इरानी हमलापछि इजरायलको तेल अविवस्थित नेपाली राजदूतावासले आज (आइतवार) अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन इजरायलमा रहेका नेपालीलाई सचेत गराएको ।
हो ।

त्यहाँ रहेका नेपाली नागरिकहरुलाई आवश्यक सुरक्षाका लागि स्थानीय सुरक्षा प्रोटोकल पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारे जानकार रहन समेत सचेत गरिएको छ।

यसैगरी आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत दूतावासले अनुरोध गरेको छ।

यस्तै त्यहाँ रहेका नेपालीलाई कुनै समस्या परेमा दूतावासमा सम्पर्कका लागि द्वितीय सचिव कुमारबहादुर श्रेष्ठ, ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साह ०५४५५८२०७७ नम्वरमा सम्पर्क गर्नको लागी सम्पर्क व्यक्ति तोकिएको छ।

इजरायलमाथि इरानी हमला शुरु भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशन जारी भएको छ। उक्त आक्रमणपछि सोमवार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा,भेला नगर्ने भनी निर्देशन जारी भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस