
नारी बाटिका
काठमाडौं -७ वैशाख।
नेसनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर भएका छन् । सोही प्रकरणमा ८ जनाले भने सफाइ पाएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन उपनिर्देशक एवं कार्यकारी निर्देशक सुनिल पौडेल दोषी ठहर भएका हुन् ।
आज (शुक्रबार) विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार भएको भन्दै पौडेललाई दोषी ठहर गरेको हो । दोषी ठहर भएका पौडेलको सजाय निर्धारणका लागि भने वैशाख २५ गते मिति तोकिएको छ ।
यस प्रकरणमा निलम्बित सचिव मधुकुमार मरासनी सहित ८ जनालाई भने अदालतले सफाई दिएको छ । सुरक्षण मुद्रणको खरिदमा भ्रष्टाचार भएको भन्दै उनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवे अनियमितता गरेको तथ्य पुष्टी गर्दै विशेष अदालतमा २३ करोड मूल्य बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो।








प्रतिक्रिया दिनुहोस