
नारी बाटिका
भक्तपुर १४ वैशाख ।
आजदेखी यसवर्षको कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरु हुँदै छ। अहिले बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी बताउनु भयो ।
शर्माले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गर्नु भएको छ। परीक्षा बोर्डका अनुसार यसवर्ष परीक्षामा नियमित तर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन्।
त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० जना विद्यार्थीहरु सहभागी हुने भएका छन्। देशभरमा पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने बताईएको छ ।
परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको अध्यक्ष शर्माले बताउनु भयो । सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ तथा मुस्ताङमा एक । एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ। पहिलो पटक बोर्डले यसवर्ष स्वचालित स्यान्डम प्रक्रियाबाट काडमाडौँका परीक्षा केन्द्र निर्धारण गरेको हो।
यसैगरी परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन गरिएको छ।
यसैगरी परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका लगायतका सामग्री परीक्षा केन्द्रहरुमा पुर्याउने कार्य सम्पन्न भइसकेको छ । बाईएको प्रश्नपत्र अनलाइनबाट पठाइने भएको शर्मााले बताउन भयो । साथै इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’ को व्यवस्था गरेको छ।








प्रतिक्रिया दिनुहोस