आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

महाकाली राजमार्गमा कार दुर्घटना हुदा दुईजना गम्भिर घाइते

२०८१ बैशाख १६, आईतबार मा प्रकाशित ( १ साल अघि) ११२०५ पटक पढिएको
नारी बाटिका


बैतडी,१६ वैशाख ।

बैतडीको महाकाली राजमार्गमा कार दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् । धनगढीबाट गोकुलेश्वर तर्फ जाँदै गरेको सु.प.प्र ०१००१ च ३८२१ नम्बरको कार बैतडीको सतबाँझ(गोकुलेश्वर सडकखण्डको खोचलेक नजिक गएराति अ.२ बजे दुर्घटना भएको हो।

दुर्घटनामा परी कार चालक बैतडीको दशरथचन्द नगरपालिका(१ गुरुखोलाका नरेन्द्र भट्ट र दार्चुलाको शैल्यशिखर नगरपालिका(९ का शेरबहादुर बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यलय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनु भयो।

प्रहरी प्रबत्ता तथा सुचना अधिकारी केसीका अनुसार घाइते दुबैको अवस्था गम्भीर रहेको उनीहरुको जिल्ला अस्पताल बैतडीमा उपचार सामान्यपछी हाल डडेल्धुरा अस्पतालमा थप उपचार भैरहेको जनाइएको छ।

सडकदेखि करिब १५० मिटर तल उक्त कार खसेको थियो। कार दुर्घटनाको कारण खुल्न सकेको बताईएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%

प्रतिक्रिया दिनुहोस