
काठमाडौं १६ वैशाख ।
फेसबुक मार्फत सम्वन्ध बिस्तार गरी हवाई टिकट मिलाई दिने भन्दै ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ५ बस्ने सुनिता लामिछाने रहेकी छन्।
लामिछानेले सामाजिक सञ्जाल फेसबुक मार्फत विभिन्न व्यक्तिलाई सम्पर्क गरी हवाई टिकट मिलाई दिने भनि ठगी गर्ने गरेको उजुरी परेपछि खोजतलासका क्रममा काठमाडौंको गोकर्णेश्वरस्थित नमुना बस्तीबाट प्रहरीले पक्राउ गरेको हो।
उनले केही समयदेखी सामाजिक संन्जाल प्रयोग गरी विभिन्न बहाना बनायर ठगी गर्ने गरेको पाईएपछी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टीलीले पक्राउ गरेको थियो। यस्तै उनले बागबजारमा झोइन्ट भिजन ट्राभल्स एण्ड टुर्स समेत सञ्चालन गर्दै गरेको पाइएको छ । कारबाहीको लागि उनलाई जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस