
प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ निकै मतान्तरले विजयी भएका छन् ।
नेवाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नु भएको थियो ।
त्यसैगरी पहिचानवादीका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका थिए भने रास्वपा मिलन लिम्बुले ५०५० मत प्राप्त गरेका छन् ।
उक्त इलाम( २ मा क्षेत्रमा कुल १ लाख १५ हजार ८८९ मतदाता रहेकोमा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो, जसमा ६८ हजार ४७२ मत सदर भएको आयोगले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस