आज: २०८२ चैत्र १, आईतबार | Sun, 15, Mar, 2026

३६ घण्टापछि चोरले निलेको एक तोला सुन निकालियो

२०८१ बैशाख २४, सोमबार मा प्रकाशित ( १ साल अघि) १०६५८ पटक पढिएको
नारी बाटिका


पाँचथर २४ वैशाख ।

फिदिममा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेका छन् । फिदिम नगरपालिका(१ का चोरी गर्न गएका २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन्।

योङ्याले सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहाका अनुसार योङ्या गत चैत २८ गते योङ्या फिदिम–२ की विष्णु कुमारी तामाङको घरमा चोरी गर्न पसेका थिए ।

योङ्याले सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको परिवारका सदस्यले देखेपछि प्रहरीलाई खबर गरेका थिए। तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। यस क्रममा योङ्याको साथबाट १५ हजार रुपैयाँ बरामद गरिएको थियो।

तामाङका गरगहना मध्ये एक तोलाको सुन फेला परेन । चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको आशंका गरी जिल्ला अस्पताल फिदिममा एक्सरे गरिएको थियो। एक्स–रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो ।सूचना अधिकारीका अनुसार चोर योङ्याले ‘निलेको करिब ३६ घण्टापछि दिसाबाट उक्त सुन निकालिएको थियो’,

गएको चैत २८ मा भएको सो घटनापछि चोरी सम्बन्धी सबै अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय पाँचथरले योङ्या विरुद्ध जिल्ला अदालत पाँचथरमा मुद्दा दायर गरेको थियो ।

योङ्यालाई जिल्ला अदालतले आइतबार एक लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ। तर धरौटी रकम जम्मा गर्न नसपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा पठाएको सूचना अधिकारी कुशवाहाले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस