
काठमाडौं २ जेठ।
बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले आज सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै लामिछानेलाई निर्दोष ठहर गरेको हो ।
गौशाला २६ (परिवर्तित नाम) ले बलात्कार प्रकरणमा दायर गरिएको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । लामिछानेले आफुलाई अन्याय भएको भन्दै उक्त फैसला बिरुद्ध मुद्धा उल्टाउन माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
हिजो मंगलबार र आज (बुधबार) गरिएको दुई दिनको बहसपछि उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो ।












प्रतिक्रिया दिनुहोस