आज: २०८२ माघ ६, मंगलबार | Tue, 20, Jan, 2026

६१ किलो सुन तस्करी प्रकरणमा मुछिएका काभ्रेका थर्कमान लामा पक्राउ

२०८१ जेष्ठ १८, शुक्रबार मा प्रकाशित ( १ साल अघि) ४२९० पटक पढिएको
नारी बाटिका


काठमाडौँ १८ जेठ ।

६१ किलो सुन तस्करी प्रकरणको अभियोग लागेका काभ्रेका थर्कमान लामा पक्राउ परेका छन्। तेमाल गाउँपालिका घर भई काठमाडौ बस्दै आएका ४५ वर्षीय थर्कमान लामालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लाजिम्पाटबाट आज पक्राउ गरेको हो। तर लामाको परिचित नाम भने कान्छामान भनेर चिनिन्छन्।

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा बनेको सुन तस्करी जाँचबुझ आयोगले यसअघिको सुन तस्करीको अनुसन्धानमा प्रश्न उठाउँदै थप व्यक्तिमाथि अनुसन्धान अगाडि बढाउन सुझाव दिएको थियो। यस्तै सो प्रकरणमा लामाको समेत भूमिका शंकास्पद देखिएपछी अनुसन्धानका लागि पक्राउ गरेको सीआईबीले जनाएको छ।

११ महिनाअघि राजस्व अनुसन्धान विभागले २०८० साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भइसकेको सुन बरामद गर्न सफल भएको थियो। सुरुमा राजस्वले नै अनुसन्धान गरेको यस सुन काण्डको मुद्दा पछि सीआईबीलाई हस्तान्तरण गरिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस