आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन ६ वर्षपछी सार्वजनिक गरियो

२०८१ जेष्ठ २५, शुक्रबार मा प्रकाशित ( १ साल अघि) ४६९० पटक पढिएको
नारी बाटिका


२५ जेठ- काठमाडौं ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले प्रतिवेदन बुझाएको ६ वर्षपछि उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०७५ सार्वजनिक गरिएको छ। आज शिक्षा मन्त्री सुमना श्रेष्ठले उक्त प्रतिवेदन सार्वजनिक गर्नु भएको हो । साथै मन्त्री श्रेष्ठले यसलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ।

विगत २०७५ असार ३२ गते भएको मन्त्रिपरिषद्को निर्णयबाट तत्कालीन शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलको अध्यक्षतामा २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन भएको थियो। सो आयोगले ५ महिना ७ दिनसम्मको लामो समय लगायर विभिन्न ३१ वटा परिच्छेदमा प्रतिवेदन तय गरी २०७५ माघ १ गते सरकारलाई बुझाएको थियो।

‘आयोगका पदाधिकारीहरूसँग शिक्षामन्त्री श्रेष्ठले भन्नु भयो बिहिबार नै हामीले मन्त्रालयमा छलफल गरेर उहाँहरूको योगदानका लागि धन्यवाद व्यक्त गरेका थियौँ। सम्माननीय प्रधानमन्त्रीज्यूले गम्भीरता पूर्वक यो प्रतिवेदन खोजेर शिक्षा मन्त्रालयलाई प्रदान गर्नु भएको हो। उहाँकै नेतृत्वमा सरकारले प्रतिवेदनका सान्दर्भिक र सकारात्मक सिफारिसहरू कार्यान्वयनमा लैजानेछ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस