आज: २०८२ आश्विन ५, आईतबार | Sun, 21, Sep, 2025

कान्छी श्रीमती ल्याएपछी जेठी श्रीमतीको घाँटी थिचेर हत्या गर्ने श्रीमान् पक्राउ

२०८१ अषाढ ४, मंगलबार मा प्रकाशित ( १ साल अघि) ६५१३ पटक पढिएको
नारी बाटिका


रौतहट ४ असार।

रौतहटमा जेठी श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्।दोस्री पत्नी ल्याई घरमा भएकी जेठी श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा राजापुर नगरपालिका ५ मदनी चौक बस्ने फिदा हुसैन लहेरीको छोरा बर्ष ३४ को मसुद आलम लहेरिलाई प्रहरीले पक्राउ गरेको हो ।

लहेरीले गत जेठ ३२ गते आफ्नै फुसको छाना भएको घरमा सुतिरहेकी अवस्थामा बिहान साढे ४ बजेको समयमा जेठी श्रीमती बर्ष ३७ की नजाबुन नेसाको लहेरीले घाँटी थिचेर हत्या गरेका थिए ।

प्रहरीले लहेरीमाथि ज्यान सम्बन्धी कर्तब्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता डिएस्पी एलिजा गिरीले बताउनु भयो ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट प्रहरी अधिकृतको कमाण्डमा गएको टोलीले घटनाको अनुसन्धान गर्दै आरोपी मसुद लहेरिलाई सोधबुझ गर्दा उनले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस